क) बिदेश जानु भन्दा अगाडी अति ध्यान दिनुपर्ने कुराहरूः
१)याद गर्नुहोस बिदेशका कम्पनिले, उसका देशका नागरिकले गर्न नचाहेका यो गर्न नसकेको काम मात्र विदेशी कामदारलाइ दिने हो । त्यसैले बिदेशमा गरिने कामलाइ ३डी (3D) काम भनिन्छ जसको अर्थ फोहोर (Dirty) खतरायुक्त (Dangerous) तथा कठिन (Demanding) हुन्छ । त्यसैले एकपटक कुनैकाम या कम्पनिमा गैसकेपछि उक्त कम्पनिमा भएका तथा हुने जुनसुकै कामपनि गर्नु पर्ने हुन्छ ।
२)याद राख्नुहोस, जुनसुकै देशमा तथा काममा गएपनि विदेशमा काम गर्नु नेपालमा भन्दा गाह्रो नै हुन्छ । त्यसैले मानसिक र शारीरिक रूपमा पूर्ण तयार भैसकेपछि मात्र विदेश जाने प्रक्रिया चाल्नु उपयुक्त हुन्छ ।
३) बैदेशिक रोजगारमा जाँदा कमाइ हुनेभनेको देश, कम्पनि, काम, आफ्नो क्षमता तथा सिपमा भर पर्छ । तसर्थ ठूला ठूला सपना र लोभ देखाउनेहरु सँग सावधान रहनुहोस । आफुमा भएको सिप अनुशारको काममा जाने कोसिश गर्नुहोस या सकेसम्म सिप सिकेर मात्र जानुहोस जस्ले गर्दा कामपनि सजिलो र कमाइ पनि राम्रो होस ।
४)बिदेश जाने प्रक्रिया दोश्रो या तेश्रो ब्यक्ति मार्फत नगरि सकेसम्म सम्वन्धित अफिसमा गएर सिधै गर्नुहोस जसले गर्दा लागत र अन्य धेरै काम तथा कुराहरु सरल पर्न जान्छ ।
५) म्यानपावरले तोकेको तथा सरकारी मान्यता प्राप्त श्वास्थ्य संस्थाबाट श्वास्थ्य परिक्षण गरेर मात्र प्रक्रिया शुरु गर्नुहोस । सम्बन्धित देशमा गर्नु पर्ने मेडिकल गर्दा असफल भएमा कम्पनीले बाध्य भएर फिर्ता पठाउनु पर्ने हुन्छ । यसरी फेल भएर आएमा म्यानपावर कम्पनिले आफैले मेडीकल गराएकोहरुलाइ बाहेक अन्यलाइ कुनै क्षतिपुर्ति दिने छैन तथा आफु जिम्मेवार हुनु पर्नेछ ।
६)आफु विदेश जाने पक्का भएपछि आफ्नो परिवारको जिम्मा आफ्नो नजिकको मान्छेलाइ लगाउनु होस ताकी बिदेश गइसकेपछि आइपर्ने कुनै पनि समस्याले तपाइलाइ अप्ठ्यारो नपारोस र तोकिएको अवधि सम्म ढुक्कसँग काम गर्न पाइयोस ।
७)सम्वन्धित देशको स्थानीय भाषा सिक्ने कोशिष गर्नुहोस ताकि आफुलाई कुनै समस्या परेमा वा काम परेमा अरूको अगाडि स्पष्ट आफ्ना कुरा राख्न सकियोस ।
८)भिषा तथा अन्य कागजात नहेरी र सम्वन्धित अफिस सँग नबुझी आर्थिक कारोबार नगर्नुहोस तथा आर्थिक कारोवार सम्वन्धित अफिसमा मात्र गनुहोस ।
९)आफु जानु भन्दा अगाडी आफ्नो कागजपत्रहरु जस्तै राहदानीको प्रतिलिपि, बिमाको प्रतिलिपि, कम्पनिको सम्पर्क ठेगाना, म्यानपावर कम्पनिको सम्पर्क नं आदिहरु आफ्नो परिवारका सदस्यलाइ दिएर जानुहोस तथा आफ्नो परिवारको सम्पर्क ठेगाना सम्वन्धित म्यानपावर अफिसलाई दिएर जानुहोस ताकी पछी कसैलाइ पनि केहि समस्या परे सम्पर्क गर्न सजिलो होस ।
बिदेश पुगेपछि अति ध्यान दिनुपर्ने कुराहरू
१)कम्पनिमा पुगेपछि समय समयमा आफ्नो घरमा फोन गर्ने, चिठ्ठी पठाउने गर्नुु होस्।
२)याद गनुहोस विदेशमा गरिने कामलाइ ३डी काम भनिन्छ जसको अर्थ फोहोर (Dirty) खतरायुक्त (Dangerous) तथा कठिन (Demanding) हुन्छ । त्यसैले एकपटक कुनैकाम या कम्पनिमा गैसकेपछि उक्त कम्पनिमा भएका तथा हुने जुनसुकै कामपनि गर्नु पर्ने हुन्छ र काम गर्दिन भन्नु मिल्दैन तथा गर्न नसकेमा कम्पनिले लाग्ने सम्पुर्ण खर्चहरु असुलेर मात्र फिर्ता पठाउँनेछ तथा यसरी फिर्ता आउन खोजेमा तथा आएमा म्यानपावरको कुनै जिम्मेवारी हुने छैन तथा क्षतिपुर्ति दिने छैन ।
३)आफुलाई लगाएको कामको बारेमा पूर्णरूपमा जानकारी लिएपछि मात्र सम्बन्धित कामको जिम्मेवारी लिने गर्नुहोस् । विना जानकारी तथा अधुरो जानकारीमा काम गर्दा सामान तथा आफैलाई समेत क्षति पुग्न सक्छ ।
४)काम गर्दा आफ्नो सम्पूर्ण ध्यान काममा मात्र लगाउने गर्नुहोस् । काममा ध्यान एकत्रीत नहुँदा ठूलो दुर्घटनामा परिने, अंग भंग हुने, मेशिनरी तथा सामानहरू विग्रिन गइ क्षति हुन सक्छ ।
५)सम्बन्धित कम्पनीका अन्तर्गत सुपरभाइजरले लगाएको जुनसुकै कामपनि बिना कुनै आलटाल तथा हिच्किचाहट गर्नुपर्ने हुन्छ । आलटाल गरेमा वा अटेर गरेमा आफुले पाउने तलब÷सुविधा हेरफेर हुन सक्नेछ । कम्पनिको अनुमति र आदेश बिना आफुलाइ तोकिएको बाहेक अन्य विभागमा कामगर्न पाइदैन ।
६)तोकिएर गएको कम्पनी बाहेक दोस्रो कम्पनीमा आपूm खुसी वा भागेर काम गर्न जाने गर्नु हुदैन जसले भोली समस्या पर्नगई अलपत्र पर्ने तथा ज्यान समेत जोखिममा पर्न सक्दछ ।
होस्टेलमा बस्दा तथा घुमफिर गर्दा अति ध्यान दिनुपर्ने कुराहरू
१)होस्टेल भन्ने बित्तिकै एउटा ठूलो घर या कोठमा धेरै जना एकसाथ बस्ने भन्ने सम्झनु पर्छ तसर्थ एउटा होस्टेलमा बस्ने सबैले सम्पुर्ण सुविधाहरु जस्तै बत्ति, पानी, वाथरुम, भान्सा आदि बाड्नुपर्ने हुन्छ तथा मिलेर काम गर्नु पर्ने हुन्छ ।
२)आफु बसेको होस्टेल, काम गर्ने ठाँउ आदि सफा राख्ने जिम्मेवारी आफ्नै हुन्छ । होस्टेलमा बाहिरी मान्छेलाई ल्याउने, हल्लागर्ने, छिमेकीलाई डिस्टार्व हुने कुनै पनि किसिमको क्रियाकलाप गरेको पाइएमा पुलिस केस हुन गई ठूलो समस्या पर्न सकिन्छ । तसर्थ यस्ता क्रियाकलाप देखि सावधान हुनु पर्दछ ।
३)कम्पनीले प्रदान गरेका सुविधाहरू जस्तै बत्ती, पानी, यूनिफर्म, सुरक्षाका उपकरणहरूको दुरूपयोग गरेको पाइएमा कम्पनीले उक्त सुविधाहरूबाट बन्चित गर्न सक्नेछ ।
४)काम नभएको समयमा एकान्तमा वस्ने, सोच्ने आदि बानी वसाल्नु हुदैन । यसले नकारात्मक सोच उत्पन्न गराउन सक्दछ । खाली भएको समयमा किताब, पत्र पत्रिका पढ्ने, संगीत सुन्ने वा साथी भाइसँग धुम्न जाने, गफ गर्ने बानी बसाल्नुहोस् ।
५)सडक पार गर्दा, घुम्न जाँदा, सवारी साधनमा आवत जावत गर्दा अति होशियार हुनु पर्दछ । सडकमा राखिएको ट्राफिक लाईटको अति ख्याल गर्नुहोस् ।
६)आफु बसेको होस्टेलमा आराम गर्दा वा सुत्दा पंखा, हिटर आदिलाई निश्चित समय पछि बन्द गर्ने बानी बसाल्नु पर्छ ताकि बढि तातोमा गुम्सिएर वा अति चिसोबाट हुन सक्ने समस्याबाट बच्न सकियोस् ।
७)कामबाट या बाहिर बाट फर्कनासाथ अति चिसो या अति तातो खानेकुरा नखानुहोस तथा हिटर, पँखा वा एसीलाइ अति छिटो चलाएर बस्ने या सुत्ने नगर्नु होस यसले अति हानी गर्दछ ।
८)कुनै पनि अन्जान व्यक्तिले अथवा भखरै चिनजान भएका अथवा शंकास्पद कामगर्ने साथीहरुले दिएका खानेकुराहरु खाने, सामानहरू लिने वा कतै पु¥याउने वा ल्याउने काम कहिल्यै नर्गुहोस् ।
९)जुवा, तास, रक्सी तथा वेश्यावृतिबाट टाढै बस्नुपर्दछ । यी क्रियाकलापमा संलग्न भएको पाइएमा कम्पनीले जुनसुकै बेला कारवाही गर्न सक्दछ तथा पुलिस केशमा पर्न सकन्छि ।
१०)विदेशबाट पैसा पठाउदा “दर्तावाला सस्था” हरूबाट मात्र पैसा पठाउनु उचित हुन्छ । घुम्न जादा अथवा होस्टेलमा बस्दा आफुसँग सकेसम्म कम रकम राख्ने बानी बसाल्नु पर्छ ताकि यदि लुटपाट तथा चोरी जस्ता घटना भइहालेमा धेरै जोखिम हुनबाट बच्न सकियोस् ।