कम्पनीले कारवाही गर्न सक्ने आधारहरू

कम्पनीले कारवाही गर्न सकने तथा काम बाट निकाल्न सक्ने आधारहरू

तल उल्लेखित कार्यहरू गरेको पाइएमा र सोहि कारणले कम्पनीले कामबाट निकालेमा म्यानपावरले कुनै क्षतिपुर्ति तथा सहयोग दिने छैन र यसको सम्पुर्ण जिम्मेवारी कामदार स्वयंमले लिनुपर्ने छ ।

१)आफ्नै कम्पनीका वा अन्य कुनै कम्पनीका कामदारका तलब सुविधा आदिसँग आफ्नो तलब सुबिधाको तुलना गरी यसैलाई आधरमानी समस्या खडा गर्ने, नचाहिदो, अनावश्यक र नाजायज मागहरू राखेर काममा वाधा उत्पन्न गर्ने, काममा नजाने, अरूलाई पनि नजान उक्साउने अथवा धमक्याउने, हड्ताल गर्ने÷गर्न लगाउने वा समर्थन गर्ने आदि कार्य गरेमा कम्पनीले तुरून्त कामबाट निकाल्ने छ । यसको जिम्मेवार स्वयंम हुनुपर्ने छ ।

२)कम्पनीको नीति नियम तोड्ने, काममा अटेर गर्ने, अल्छि गर्ने, सुपरभाइजरले भने अनुसार काम नगर्ने, समयमा काममा उपस्थित नहुने आदि कार्य गरेमा कम्पनीले कामबाट निकाल्न सक्नेछ ।

३)लगातार ३ दिनसम्म काममा अनुपस्थित भएमा कम्पनीले कामबाट निकाल्नेछ । यदि कुनै अति आवश्यक काम परेमा कम्पनीको अनुमति लिएर मात्र विदामा बस्नु पर्ने हुन्छ ।

४)कम्पनीले भनेको स्थान, समय र विभागमा काम गर्ने तथा आफुखुशी काम गर्न खोज्ने गरेमा कम्पनीले कामबाट निकाल्ने छ ।

४)आफुलाई दिएको जिम्मेवारी कुनै निश्चित समय भित्र पूर्णरूपमा सम्हाल्न असफल भएमा कम्पनीले सोहि काममा लगाई रहन बाध्य हुने छैन ।

५)कुनै अपराधिक कृयाकलाप जस्तै लागु औषधि सेवन गर्ने वा व्यापार गर्ने, झगडा गर्ने तथा वेश्यागमन गर्ने, जाँड रक्सी खाने, हल्ला गर्ने, अरूलाई डिस्टर्व हुने कुनै पनि काम गर्ने आदि गैरकानूनी कार्यहरू गरेमा कम्पनीले तुरून्त कामबाट निकाल्ने छ ।

६)कसैसँग जवर्जस्ती पैसा असुल्ने काम गरेको पाइएमा तथा कम्पनीको स्वीकृती विना अन्य कुनै व्यापार वा कम्पनीमा काम गरेको पाइएमा कम्पनीले कामबाट निकाल्न सक्दछ ।

७)याद राख्नुहोस म्यानपावर कम्पनिले जिम्मा लिने भनेको उसले भनेको काम, कम्पनि तथा तलव हो । एउटै कम्पनिमा पनि विभिन्न विभागहरु हुन्छन र तलव पनि सोहि अनुशार हुन सक्छ । कम्पनिले आवश्यकता अनुशार जुनसुकै विभागमा राख्न सक्छ ।

यसरी म्यानपावरले भनेको काम, तलव तथा कम्पनि पाउँदा पाउँदै कसैले कुनै अर्को विभाग, कम्पनिका कामदारहरुको सेवा, सुविधा आदिसँग आफ्नो तुलना गरेर राखेर अनावश्यक माग राख्न थालेमा कुनै सुनुवाइ हुने छैन र त्यसबाट आइपर्ने समस्याको जिम्मेवारी स्वयम हुनुपर्ने छ ।