वैदेशिक रोजगारका शर्त तथा नियमहरु

वैदेशिक रोजगारीका लागि यस एजेन्सिका शर्तहरु

१)यस प्रा.लि.मार्फत कुनैपनि देशको जुनसुकै कम्पनिमा जुनैसुकै पदमा काम गर्दा पाइने तलव वास्तविक सम्झौता बमोजिम हुने तथा ओभरटाइम कम्पनिको आवश्यकता तथा नियम अनुसार हुनेछ । हामी ओभरटाइमको कुनै ग्यरेन्टी गर्दैनौ । तर यदि तोकिएको समय भन्दा वढि समय काम लगाएर सो अनुसारको तलव सुविधा नपाएको पंमाण पाइएमा उक्त तलव सुविधा दिलाइने छ ।

२)आफ्नै कम्पनिका वा अन्य कुनै कम्पनि का कामदारका तलब सुबिधा आदि सँग आफ्नो तलब सुबिधाको तुलना गरी यसैलाई आधारमानी समस्या खडा गने नचाहिदो, अनावश्यक र नजायज मागहरु राखेर काममा वाधा उत्पन्न गर्ने, काममा नजाने, अरुहरुलाइ पनि नजान उक्साउने अथवा धम्क्याउने, हड्ताल गर्ने÷गर्न लागाउने वा समर्थन गर्ने आदि काये गरेमा कम्पनिले तुरुन्त कामाबाट निकाल्ने छ र यसको जिम्मेवार स्वयं हुनुपर्ने छ ।

३)सम्बन्धित देशमा गर्नु पर्ने मेडिकल गर्दा असफल भएमा कम्पनिले बाध्य भएर फिर्ता पठाउनु पर्ने हुन्छ । यसरी मेडिकल फेल भएर फिर्ता आउनु परेमा सम्वन्धित कामदार स्वयम जिम्मेवार हुनु पर्नेछ । म्यानपावर कम्पनिले यसरी फेल भएर आएका कामदार लाई कुनै क्षतिपुर्ति दिने छैन (म्यानपावर कम्पनि आफैले मेडिकल सेन्टर तोकेर गराएकोमा बाहेक)।

४)लगातार ३ दिन सम्म काममा अनुपस्थित भएमा कम्पनिले कामवाट निकाल्नेछ तथा आवश्यक जरिवाना तिराउन सक्ने छ । यदि कुनै अति आवयश्यक काम परेमा कम्पनिको अनुमति लिएर मात्र विदामा बस्नु पर्ने हन्छ ।

५)कम्पनिले भनेको स्थान, समय र विभागमा काम नगर्ने, तथा आफखुसी कामगर्न खोज्ने गरेमा कम्पनिले कामबाट निकाल्ने छ । आफुलाई दिएको कामको जिम्मेवारी, कुनै निश्चित समय भित्र पूर्ण रुपमा सम्हाल्न असफल भएमा कम्पनि काममा लगाई रहन बाध्य हुने छैन ।

६)कम्पनिले प्रदान गरेका सुबिधाहरु जस्तै वत्ति, पानी, यूनिफर्म, सुरक्षाका उपकरणहरुको दुरुपयोग गरेको पाइएमा कम्पनिले उक्त सुबिधाहरुबाट बन्चित गर्न सक्नेछ ।

७ंंं)कम्पनिको निति नियम तोड्र्ने, काममा अटेर गर्ने, अल्छि गर्ने, सुपरभाइजरले भने अनुसार काम नगर्ने, समयमा काममा उपस्थित नहुने आदि कार्य गरेमा कम्पिनिले कामबाट निकाल्न सक्नेछ ।

८)यदि यस एजेन्सीले भनेको तलव तथा काम पउदा पाउदै कामदारको आप्mनै कारणले सम्झौता अगाडिनै फिर्ता आउनुु परेमा कम्पनिलाइ उसले खर्च गरेका सम्पुर्ण रकम तिरेर मात्रे आउन पाइनेछ तथा सो खर्च कामदार आफ्नै हुनेछ । साथै यस बिषयमा पछि कुनै सुनुवाइ गरिने छैन तथा म्यानपावरले कुनै जिम्मेवारी लिने छैन ।

९ं)कुनै अपराधीक कार्य जस्तै लागु औषधि सेवन गर्ने वा व्यापार गर्ने, झैझगडा गर्ने तथा वेश्यागमन गर्ने, जाँड, रक्सि खाने, हल्ला गर्ने, अरुलाई डिस्टर्व हुने कुनै पनि काम गर्ने आदि गैरकानुनि कार्यगरेमा कम्पनिले उसको नियम अनुशार तुरुन्त कामबाट निकाल्ने छ यस बिषयमा पछि कुनै सुनुवाइ गरिने छैन तथा म्यानपावरले कुनै जिम्मेवारी लिनै छैन ।

१०)धर्म, राजनिति , सस्कृति, रङ्ग, देश आदिको विषयलाई लिएर कसैलाई अपहेलना गर्ने, होच्याउने आदि गर्न पाइदैन । यदि गरेको पाइएमा कम्पनिले उसको नियम अनुशार तुरुन्त कामबाट निकाल्ने छ यस बिषयमा पछि कुनै सुनुवाइ गरिने छैन तथा म्यानपावरले कुनै जिम्मेवारी लिनै छैन ।

११)याद राख्नुहोस म्यानपावर कम्पनिले जिम्मा लिने भनेको उसले भनेको काम, कम्पनि तथा तलव हो । एउटै कम्पनिमा पनि विभिन्न विभागहरु र शाखाहरु हुन्छन । कम्पनिले आवश्यकता अनुशार जुनसुकै विभाग या शाखामा पनि काममा खटाउन या राख्न सक्नेछ । यसरी म्यानपावरले भनेको काम, तलव तथा कम्पनि पाउँदा पाउँदै कसैले कुनै अर्को विभागको या शाखाको कम्पनिका कामदारहरुको सेवा, सुविधा आदिसँग आफ्नो तुलना गरेर राखेर अनावश्यक माग राख्न थालेमा कुनै सुनुवाइ हुने छैन र त्यसबाट आइपर्ने समस्याको जिम्मेवारी स्वयम हुनुपर्ने छ ।